काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले आफ्ना ग्राहकलाई हितग्राही (डिम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
ग्लोबल आईएमई क्यापिटल र ग्लोबल आईएमई क्यापिटलको शाखा कार्यालयमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई आव २०८१र८२ सम्मको वार्षिक नवीकरण शुल्क बुझाउन कम्पनीले आग्रह गरेको हो ।
डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ ।
खातावालाले यही असार मसान्तभित्र कम्पनीमा गई बुझाउन वा ग्लोबल आईएमई बैंकको पायक पर्ने शाखा कार्यालयमा सम्पर्क राखेर वा आइएमई पे, फोनपे, क्यूआर पेमेन्ट,खल्ती, कनेक्ट आईपीएस,प्रभु पे, ई-सेवा तथा ग्लोबल आइएमई बैंकको ई-बैंकिङ सुविधामार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
तोकिएको समयभित्र वार्षिक शुल्क भुक्तानी नगरेका हितग्राहीहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।