काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६ सय ४५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने यो सेयर इच्छुक सेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
तोकिएको समयभित्र संस्थापकहरूको खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने सूचनामा उल्लेख छ ।