कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि समय थप

<p>काठमाडौं । कुमारी बैंकले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीका लागि समय थप गरेको छ । असार ४ गतेसम्म संस्थापक सेयर बिक्री नभएपछि बैंकले ५ लाख ८१ हजार २५१ कित्ता सेयरको बोलपत्र अवधि असार ११ गतेसम्मका लागि थप गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । यो सेयर खरिदका [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीका लागि समय थप गरेको छ ।

असार ४ गतेसम्म संस्थापक सेयर बिक्री नभएपछि बैंकले ५ लाख ८१ हजार २५१ कित्ता सेयरको बोलपत्र अवधि असार ११ गतेसम्मका लागि थप गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति र संस्थाहरूले खरिद आवेदन दिन सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।

Share News