काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी राधेश्याम सुवालको नाममा रहेको २७ हजार ७९८ कित्ता सेयर बिक्रीमा राखेको जनाएको हो ।
यो सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । इच्छुक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
तोकिएको समयमा सेयर खदि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने सूचनामा उल्लेख छ ।