काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले बुधबार एक सूचना जारी गरी विभिन्न पाँच संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार ५३९ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको हो ।
यो सेयर विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।