हिमालयन रिको लकइन अवधि असार १० गते सकिने

<p>काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लक इन अवधि असार १० मा समाप्त हुन लागेको हो । कम्पनीले गत पुस ११ गते साधारण सेयर बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० [&hellip;]</p>

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लक इन अवधि असार १० मा समाप्त हुन लागेको हो ।

कम्पनीले गत पुस ११ गते साधारण सेयर बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

Share News