माउन्टेन इनर्जीको बोनस सेयर डिम्याट खातामा जम्मा

<p>काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस सेयर बापतको सेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको [&hellip;]</p>

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो ।

धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस सेयर बापतको सेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको हो । फागुन २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर पाएका छन् ।

कम्पनीले फागुन २९ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा गरिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न भनेको छ ।

बोनस सेयर डिम्याट खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि डिम्याट खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोली आफ्नो बोनस सेयर लिन कम्पनीको आग्रह छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

Share News