एलिट क्यापिटलले हकप्रद सेयर जारी गर्ने

<p>काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीका नाममा सार्वजनिक सूचना जारी गरेको छ । हाल संस्थापकहरूका लागि मात्र निष्कासन गरिएको हकप्रदमा १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद निष्कासन गरिएको हो । यदि कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै विद्यमान अन्य [&hellip;]</p>

काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीका नाममा सार्वजनिक सूचना जारी गरेको छ ।

हाल संस्थापकहरूका लागि मात्र निष्कासन गरिएको हकप्रदमा १००ः२५ अर्थात २५ प्रतिशत हकप्रद निष्कासन गरिएको हो । यदि कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै विद्यमान अन्य सेयरधनीले खरिदको अवसर पाउने कम्पनीले जनाएको छ ।

यो हकप्रद निष्कासनपछि एलिट क्यापिटलको चुक्तापुँजी २२ करोड ५० लाख पुग्नेछ । हकप्रदपछि संस्थाको जारी पुँजी २८ करोड १२ लाखको २० प्रतिशत सेयर सर्वसाधारणलाई आईपीओमार्फत बिक्री गरिने कम्पनीको भनाइ छ ।

साथै, क्यापिटलले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको रूपमा पनि काम गर्ने तयारी गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।

कम्पनीेले मर्चेन्ट बैंकिङसम्बन्धी पूर्ण सेवा दिने क्रममा एलिट क्यापिटलले बिक्री प्रबन्धक र सेयर रजिष्टारको सेवा पनि दिने तयारी गरेको छ । तर, धितोपत्र बोर्डले बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारकाे इजाजतपत्र दिन रोकेका कारण सेवा दिन नसकिएको कम्पनीले जनाएको छ ।

Share News