काठमाडाैं । माउन्टेन इनर्जी नेपाल लिमिटेड र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७ लाख ६५ हजार कित्ता बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेका अनुसार माउन्टेन इनर्जीको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ लाख ५२ हजार ४० कित्ता र नेशनल लघुवित्तको चुक्ता पुँजीको ७.५० प्रतिशतले हुन आउने ८ लाख १३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।