नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने , न्यूनतम मूल्य कति ?

<p>काठमाडौं । नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयरको मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । यस सेयरमा आजसम्म कायम संस्थापक [&hellip;]</p>

काठमाडौं । नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ः ०.५ अनुपातमा २९ करोड ९९ लाख ३ हजार ६०० रुपैयाँको १४ लाख ९९ हजार ५ सय १८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सेयरको मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ ।

यस सेयरमा आजसम्म कायम संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । हाल कायम संस्थापक सेयरधनीले आफ्नो कायम सेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।

हकप्रद सेयरमा आवेदनकर्ताले आगामी असार ११ देखि असार २५ गतेभित्र आवेदन पेस गर्न सक्नेछन् ।

आवेदन कम्पनीको कारोबार कार्यालय कमलपोखरी काठमाडौंमा पाइनेछ ।

साथै, तोकिएको समयभित्र आवेदन नपरेमा कम्पनीको सेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ ।

Share News