युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने

<p>काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित असार आगामी ६ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ [&hellip;]</p>

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित असार आगामी ६ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, पूँजी संरचना संशोधन, अन्य नयाँ परियोजनामा लगानी गर्ने,कम्पनीको चुक्तापूँजी भन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल एंव निर्णय गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै उक्त अवधिको वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Share News