काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन ।
यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चो बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।
तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।