समाज लघुवित्तले लाभांश वितरण नगर्ने

<p>काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको जेठ २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले गत वर्षको नाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरी महतोले बताए । सीईओ महतोका अनुसार गत [&hellip;]</p>

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको जेठ २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत वर्षको नाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरी महतोले बताए ।

सीईओ महतोका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमध्ये २० प्रतिशतले हुन आउने ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेड़ा कोष र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको हो ।

Share News