डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सिद्धार्थ क्यापिटलको आग्रह

<p>काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ । बैंकका शाखा कार्यालयमार्फत डिम्याट खाता खोली धितोपत्र कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको हो । उक्त रकम असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ । हितग्राही खातावालाहरूले सिद्धार्थ बैंक, [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।

बैंकका शाखा कार्यालयमार्फत डिम्याट खाता खोली धितोपत्र कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको हो ।

उक्त रकम असार मसान्तभित्र वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ ।

हितग्राही खातावालाहरूले सिद्धार्थ बैंक, क्यापिटल वा फोनपे, क्यूआर पेमेन्ट, खल्ती, कनेक्ट आईपीएस, प्रभु पे, आइएमई पे, ई–सेवा तथा मेरो सेयर ड्यासबोर्डमार्फत उक्त रकम भुक्तानी गर्न सक्नेछन् ।

साथै, तोकिएको अवधिमा शुल्क नबुझाएमा २०८१ साउन १ गतेबाट खाता स्वतः रोक्का हुनेछ ।

Share News