
काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी त्रिक्रीमा राखिएको छ ।
आजदेखि प्रभु बैंकको ६१ हजार ६ सय ६२ कित्ता र स्वावलम्बन लघुवित्तको १६ हजार ५ सय २८ कित्ता गरी कुल ७८ हजार १ सय ९० कित्ता संस्थापक सेयर लिलामीमातर्फत बिक्रीमा राखिएको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
प्रभु बैंकको न्यूनतम मूल्य १ सय रुपैयाँ र स्वावलम्बन लघुवित्तको २५० रुपैयाँ निर्धारण गरिएको छ ।
दुवै कम्पनीको सेयर खरिदका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ ।
इच्छुक लगानीकर्ताले काडमाडौं कमलपोखरीमा रहेको लक्ष्मी सनराइज क्यापिटलमार्फत बोलपत्र आवेदन पेस गर्नु सक्नेछन् । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति असार १८ गते रहेको छ ।