मकर जितुमाया सुरी हाइड्रोको २६ लाख कित्ता सेयरको लकइन अवधि आज सकिँदै

<p>काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको लकइन अवधि आज समाप्त हुने भएको छ । कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फण्ड आईको नाममा रहेको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लकइन अवधि आजबाट समाप्त हुन लागेको हो । २०८० जेठ १७ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा इम्प्याक्ट फण्ड [&hellip;]</p>

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको लकइन अवधि आज समाप्त हुने भएको छ ।

कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फण्ड आईको नाममा रहेको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लकइन अवधि आजबाट समाप्त हुन लागेको हो ।

२०८० जेठ १७ गते बसेको सञ्चालक समिति बैठकले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा इम्प्याक्ट फण्ड आईको राजीनामा सोही दिनदेखि लागू हुने गरी स्वीकृत गरेको थियो ।

उक्त मितिदेखि डोल्मा इम्प्याक्ट फण्ड आईको स्वामित्वमा रहेको कम्पनीको प्रतिसेयर मूल्य १०० अंकित दरका २६ लाख ५ हजार ९ सय कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी एक वर्षका लागि रोक्का गरिएको थियो ।

उक्त रोक्का रहेको सेयरको लकइन अवधि आजदेखि समाप्त हुन लागेको हो ।

Share News