बुद्धभूमी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, बोलायो विशेष साधारण सभा

<p>काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ३० गते विशेष साधारण सभा बोलाएको हो । उक्त सभा काठमाडौं पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ । सभाले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र [&hellip;]</p>

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ ।

जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ३० गते विशेष साधारण सभा बोलाएको हो ।

उक्त सभा काठमाडौं पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।

सभाले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्नेछ ।

Share News