ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

<p>काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना जारी गरेर संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन । यो सेयर खरिदका लागि जो कोही व्यक्ति कम्पनी संघसंस्था वा सर्वसाधारणले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले सोमबार एक सूचना जारी गरेर संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति कम्पनी संघसंस्था वा सर्वसाधारणले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

Share News