हिम पर्वत हाइड्रोपावरले आइपीओ जारी गर्ने, डाक्यो विशेष साधारण सभा

<p>काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समिति बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ २७ गते विशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै [&hellip;]</p>

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समिति बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ २७ गते विशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने एजेन्डा पनि रहेको छ ।

Share News