हिमाल वाटर पार्क भिलेजले आईपीओ ल्याउने, कुमारी क्यापिटलसँग सम्झौता

<p>काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेटलाई आईपीओ जारी गरि सूचीकरणको चरणसम्म पुर्&#x200d;याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका [&hellip;]</p>

काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ ।

हिमाल वाटर पार्क भिलेज होटल प्राइभेटलाई आईपीओ जारी गरि सूचीकरणको चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन विकासमा टेवा पुर्‍याई वैदेशिक मुद्राको सञ्चितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालि भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरी यो होटल सञ्चालनमा रहेको छ ।

हाल परिवर्तित गण्डक, वहुवरी-­१४ विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले सुइट डिलक्स एक्जिक्युटिभ प्रसिडेन्सियल सुइट गरी ६० वटा सुविधा सम्पन्न कोठाहरूका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News