
काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँका दरले १२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौता पत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सोलार फार्म लिमिटेडको अधिकृत पूँजीअधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २५ करोड रुपैयाँ रहेको छ ।