नेरुडे मिर्मिरे लघुवित्तको १ करोड ३९ लाख बढी कित्ता सेयर सूचीकृत, आइतबारदेखि कारोबार

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ३९ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकरणसँगै पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको सेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १ करोड ३९ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकरणसँगै पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको सेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ । आइतबारदेखि सोही मूल्यका आधारमा लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ ।

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भइ बनेको संस्था हो । नेरुडे र मिर्मिरे लघुवित्त १:१ अनुपातमा मर्ज भएका हुन् ।

Share News