
काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी प्रस्तावसहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आइपीओ जारी प्रस्ताव पेस हुनेछ ।
यस्तै हाल कायम सेयरधनीलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ ।
कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ ।