सिटिजन लाइफको सेयर कारोबार फुकुवा

<p>काठमाडौं । अनिश्चितकालका लागि रोक्का भएको सिटिजन लाइफको सेयर कारोबार फुकुवा भएको छ । सिटिजन लाइफले घोषणा गरेको लाभांशमा लगानीकर्ताहरूलाई दुविधा सिर्जना गरेकाे भन्दै नेप्सेले गत वैशाख २५ गते मंगलबारदेखि नै लागु हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । आइतबार नेप्सेले कम्पनीलाई सचेत गराउँदै कारोबार फुकुवा गरेको सूचना जारी गरेकाे बताएकाे छ । [&hellip;]</p>

काठमाडौं । अनिश्चितकालका लागि रोक्का भएको सिटिजन लाइफको सेयर कारोबार फुकुवा भएको छ ।

सिटिजन लाइफले घोषणा गरेको लाभांशमा लगानीकर्ताहरूलाई दुविधा सिर्जना गरेकाे भन्दै नेप्सेले गत वैशाख २५ गते मंगलबारदेखि नै लागु हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । आइतबार नेप्सेले कम्पनीलाई सचेत गराउँदै कारोबार फुकुवा गरेको सूचना जारी गरेकाे बताएकाे छ ।

कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा भएको व्यवस्था पालना नगरेकाले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्नका लागि भन्दै नेप्सेले कारोबार रोक्का गरेको थियो ।

कम्पनीले वैशाख २६ गते नेप्सेमा धितोपत्रको कारोबार फुकुवा गरिदिन अनुरोध गर्दै लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने पत्रमार्फत प्रतिबद्धता व्यक्त गरेको थियो ।

कम्पनीले हाल कायम सेयर प्रिमियमबाट कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, बीमा प्राधिकरणले उक्त लाभांश रद्द गर्न निर्देशन दिएपछि कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश रद्द गरेको थियो ।

Share News