स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकले छुट पाउने

<p>काठमाडौं । स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरूमा छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो । एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर [&hellip;]</p>

काठमाडौं । स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता भएको छ ।

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरूमा छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा.अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरू उपलब्ध गराउने छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूकालागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि २५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।

 

Share News