इमर्जेन्सी सेयर बेच्न अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्छ : निरञ्जन फुयाँल

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का सहायक प्रबन्धक निरञ्जन फुयाँलले दोश्रो बजारमा अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै उनले इमर्जेन्सीअवस्थामा सेयर बेच्नको लागि उक्त व्यवस्था हुनुपर्ने बताएका हुन् । ‘ब्रोकरले तीन दिनपछि मात्रै पैसा दिन्छ, इमर्जेन्सी पैसा आवश्यक परेर राती सेयर बेच्नु परे के गर्ने ? त्यसका लागि [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का सहायक प्रबन्धक निरञ्जन फुयाँलले दोश्रो बजारमा अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै उनले इमर्जेन्सीअवस्थामा सेयर बेच्नको लागि उक्त व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘ब्रोकरले तीन दिनपछि मात्रै पैसा दिन्छ, इमर्जेन्सी पैसा आवश्यक परेर राती सेयर बेच्नु परे के गर्ने ? त्यसका लागि अफ मार्केट ट्रान्जिक्सन हुनुपर्छ,’ फुयाँलले भने ।

उनले आधारभूत रुपमा राम्रो कम्पनी हेरेर सेयर किन्ने लगानीकर्तालाई घाटा नहुने बताउँदै उनले भने- ‘नबिल बैंक र गोरखकाली रबर उद्योग एकैपटक सेयर कारोबार भएका हुन् । तर नबिल बैंकको अर्बौंको पोर्टफोलियो छ । रबर उद्योगको शून्य ।’

त्यस्तै, देशको अर्थमन्त्री परिवर्तन हुँदा पुँजी बजारमा केही समय मात्रै प्रभाव पार्ने स्पष्ट पारे । कम्पनीको सेयर मूल्यलाई सीईओको भूमिकाले नि निर्वाह गर्ने बताउँदै उनले कम्पनीको सीईओ कस्तो हो ? कति अब्बल छ भनेर लगानीकर्ताले विश्लेषण गर्नुपर्ने बताए ।

‘मेगा बैंक र जनता बैंकले एकैदिन लाइसेन्स पाए । पुँजी बजारमा एउटै दिन कारोबारमा आए तर सेयर मूल्य १ सय रुपैयाँ तलमाथि भएर कारोबार भयो,’ उदाहरण दिँदै फुयाँलले भने ।

पुँजी बजारमा लगानी गर्दा देशको आर्थिक अवस्था, कम्पनी र उद्योगको विश्लेषण गर्नुपर्ने उनको भनाई छ ।

उनका अनुसार एउटै किसिमको पीई रेसियो कायम गर्न सके राम्रो मानिने र कम पीई रेसियो भएका कम्पनीको सेयर किन्दा जोखिम कम हुन्छ । तर वाणिज्य बैंकको सबैभन्दा कम पीई रेसियो भएपनि लगानीकर्ताले लगानी गरेको नपाइएको उनले भने ।

बजारमा ओभर क्यापिटलाईजेशन हुँदा तरलता अभाव भएको देखिन्छ । नेपालमा उत्पादन भएको जलविद्युत् भारतले खरिद गरेन, अन्य कुनै वैकल्पिक (सोलार) बाट बिजुली उत्पादन भएर जलविद्युत आयोजनाको भविष्यमा समस्या आउँछ । लगानीकर्ताले यस विषयलाई पनि विश्लेषण गर्नुपर्ने फुयाँल बताउँछन् ।

त्यस्तै, नीति नियम, टेक्निकल र सूचना प्रभावकारी हुँदा पुँजी बजारले सकारात्मक दिशा लिने बताउँदै उनले बजारमा प्रवेश गर्दा सकेसम्म न्यूनतम शुल्कमा प्रवेश हुनुपर्ने बताए ।

Share News