हिमाल आरोहीहरूबाट करिब डेढ महिनामा उठ्यो ३४ करोड रोयल्टी

<p>काठमाडौं । करिब डेढ महिना अर्थात मार्च एक देखि अप्रिल १० सम्म विभिन्न १९ वटा हिमाल आरोहण गर्नेहरूबाट सरकारले ३४ करोड बढी रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार मार्च महिनाको १ देखि अप्रिल १० सम्म सरकारले १९ वटा विभिन्न हिमाल आरोहण गर्ने ५१२ जनाबाट ३४ करोड ४३ लाख ९९ हजार ६५६ रुपैयाँ रोयल्टी उठाएको [&hellip;]</p>

काठमाडौं । करिब डेढ महिना अर्थात मार्च एक देखि अप्रिल १० सम्म विभिन्न १९ वटा हिमाल आरोहण गर्नेहरूबाट सरकारले ३४ करोड बढी रोयल्टी उठाएको छ । पर्यटन विभागका अनुसार मार्च महिनाको १ देखि अप्रिल १० सम्म सरकारले १९ वटा विभिन्न हिमाल आरोहण गर्ने ५१२ जनाबाट ३४ करोड ४३ लाख ९९ हजार ६५६ रुपैयाँ रोयल्टी उठाएको हो ।

विभागकाअनुसार सो अवधिमा सबैभन्दा धेरै रोयल्टी भने सगरमाथाबाट उठेको छ । यस अवधिमा सगरमाथा आरोहणका लागि २०९ जनाबाट २९ करोड ७५ लाख २८ हजार ५३५ रुपैयाँ, ल्होत्सेको लागि ५५ जनामार्फत १ करोड ३१ लाख ७८ हजार १४२ र मकालुको लागि ४५ जनामार्फत १ करोड ७ लाख ७४ हजार ८ सय रुपैयाँ रोयल्टी आम्दानी भएको छ ।

त्यसैगरी,  यस अवधिमा आमादब्लम ६६ जना, अन्नपूर्ण २५ जना, कञ्चनजंघा ३१ जना, धौलागिरी १५ जना, जुगल १ र २ मा २२ जना र लिंगत्रेन हिमाल ११ जनाले आरोहण गर्नको लागि रोयल्टी बुझाएकाे शाखा अधिकृत दीलिपकुमार महर्जनले बताएका छन् ।

Share News