पर्यटन बोर्डमा खुल्यो सीईओ आवेदन

<p>काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि निवेदन आह्वान गरिएको छ । लामो समयदेखि रिक्त रहेको सीईओ पदपूर्तिका लागि पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । यसअघिका सीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओको कार्यकाल चार वर्षको हुन्छ । यस [&hellip;]</p>

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि निवेदन आह्वान गरिएको छ ।

लामो समयदेखि रिक्त रहेको सीईओ पदपूर्तिका लागि पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो ।

यसअघिका सीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओको कार्यकाल चार वर्षको हुन्छ ।

यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरूले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

इच्छुक प्रतिस्पर्धीले १२ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Share News