
काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४७औं वार्षिक साधारण सभा डाकेको छ । होटलले आगामी वैशाख १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा साधारण सभा डाकेको हो ।
उक्त सभामा होटलको सञ्चालक समितिले पेस गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको गत आर्थिक वर्षको वासलात, नाफा, नोक्सान, हिसाब र नगद प्रवाह विवरणहरू स्वीकृत गरिनेछ ।
यस्तै चालु आर्थिक वर्ष २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको तर्फबाट सञ्चालकले बैंकमा व्यक्तिगत जमानत दिने प्रस्ताव पारित गरिनेछ ।
होटलका अनुसार सेयरवालाको दर्ता किताब चैत २३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बन्द रहने छ ।