पर्यटन बोर्डको कार्यकारी समितिमा लामासहित ३ जना नियुक्त

<p>काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा राजेन्द्र बहादुर लामासहित ३ जनालाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ३ सदस्यमा काभ्रेका राजेन्द्रबहादुर लामा, पोखराका ऋषिराम भण्डारी र धादिङका रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो । लामा साढे २ दशकदेखि ट्रेकिङ क्षेत्रमा आवद्ध छन् । यस्तै, [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा राजेन्द्र बहादुर लामासहित ३ जनालाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त ३ सदस्यमा काभ्रेका राजेन्द्रबहादुर लामा, पोखराका ऋषिराम भण्डारी र धादिङका रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो ।

लामा साढे २ दशकदेखि ट्रेकिङ क्षेत्रमा आवद्ध छन् । यस्तै, भण्डारी ३ दशकदेखि पर्वतारोहण क्षेत्रमा आवद्ध छन् भने सापकोटा होटल व्यवसायी हुन् । विगत २ महिनादेखि पर्यटन बोर्डको कार्यकारी समितिमा ३ सदस्य रिक्त रहेका थिए । स्रोतका अनुसार सरकारले नियुक्त गरेको तीनै जना माओवादी केन्द्र निकट हुन् ।

साथै, बिहीबार बसेको मन्त्रीपरिषद बैठकले सहसचिव डा.हरिप्रसाद लम्साललाई सचिव नियुक्त गरेको छ । नेपाल प्रशासन सेवतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सुदूरपश्चिम प्रदेश सरकारका कायमुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Share News