काठमाडौं । यती एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट दिने भएको छ । एयरलाइन्सले फागुन २८ गतेबाटै लागू हुने गरी सो निर्णय गरेको हो ।
बिराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । यससँगै यो सेवा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिट्युट)मा उपचारका लागि यात्रा गर्ने बिरामीको लागि उपलब्ध हुने छ ।
बिरामीहरुले आफ्नो उपचारका लागि डाक्टरको अप्वाइन्टमेन्ट लिइसकेपछि टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नेछन् । यात्रुले विमानस्थलमा चेक-इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने छ । विशेषज्ञ चिकित्सकहरुद्वारा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र लिनका लागि बिरामीहरुले बिराट क्यान्सर इन्टिट्युटमा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।