त्रिभुवन विमानस्थलमा चैत १९ देखि उत्तर दिशाबाट जहाज अवतरण गर्न नपाइने

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा आगामी चैत १९ देखि उत्तरी दिशाबाट जहाज अवतरण (ल्यान्ड) गराउन नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणका अनुसार ‘रनेव २०’ को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’ मा काम गर्नुपर्ने भएकाले अवतरण बन्द गर्न लागिएको हो । विमानस्थलको ३ हजार ४५ मिटर लामो रनेवको उत्तरतिरको २ सय ३६ मिटर [&hellip;]</p>


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा आगामी चैत १९ देखि उत्तरी दिशाबाट जहाज अवतरण (ल्यान्ड) गराउन नपाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिरकणका अनुसार ‘रनेव २०’ को उत्तरी क्षेत्रमा ‘ट्याक्सी वे’ मा काम गर्नुपर्ने भएकाले अवतरण बन्द गर्न लागिएको हो ।

विमानस्थलको ३ हजार ४५ मिटर लामो रनेवको उत्तरतिरको २ सय ३६ मिटर बन्द हुने प्राधिरकणले जनाएको छ । ‘ठुला जहाजलाई रनवे नपुग्ला भन्ने हो,’ विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘साना जहाजलाई भने समस्या छैन, अर्कोतर्फ निर्माण कार्य हुँदै गर्दा निर्माण सामग्री पनि हुन सक्छन्, त्यसैले रनेव २० बन्द गर्न लागेका हौँ ।’

विमानस्थलको उत्तर क्षेत्रबाट उडान तथा अवतरण गर्न नपाइने सूचना अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार प्राधिकरणले सोमबार अन्तर्राष्ट्रिय प्रकाशन एआईपीमार्फत एआईपी (एरोनटीकल इन्फरमेसन पब्लिकेसन) मा प्रकाशन गरेको छ ।

विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ ।

Share News