
काठमाडौं । सरकारले विदेश स्थित नेपाली नियोगहरुलाई लगानी वृद्धि र पर्यटन प्रवर्द्धनमा परिचालन गरिने जनाएको छ । सोमबार संघीय संसदमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै सो बताएका हुन् ।
‘विदेशस्थित नेपाली नियोगहरुलाई वैदेशिक लगानी वृद्धि, पर्यटन तथा व्यापार प्रवर्द्धनमा परिचालन गरिनेछ’, विधेयकमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति सबल बनाइनेछ ।’
त्यस्तै सरकारले आर्थिक कुटनीतिको माध्यमबाट विकसित एवम् उदयीमान अर्थतन्त्रबाट प्राप्त हुनसक्ने लाभको उपयोग गरिने नीति विधेयकमार्फत अगाडि सारेको छ ।