प्याराग्लाइडिङ फेरि सुरु

<p>काठमाडौं । बर्षातका कारण रोकिएको भरतपुर महानगरपालिका–२९ मा सञ्चालित प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि फेरि सुरु भएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङका सञ्चालक शेलेन्द्र राउतले वर्षातका कारण बाटो बिँग्रिदा सञ्चालन हुन नसकेको प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याइएको बताए । भरतपुर महानगरपालिका–२९, चौकीडाँडा र कविलास रिसोर्ट छेउबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरू गरिएको हो । सुरुमा [&hellip;]</p>

DCIM100GOPROG0033548.JPG

काठमाडौं । बर्षातका कारण रोकिएको भरतपुर महानगरपालिका–२९ मा सञ्चालित प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि फेरि सुरु भएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङका सञ्चालक शेलेन्द्र राउतले वर्षातका कारण बाटो बिँग्रिदा सञ्चालन हुन नसकेको प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याइएको बताए ।

भरतपुर महानगरपालिका–२९, चौकीडाँडा र कविलास रिसोर्ट छेउबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरू गरिएको हो । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकोमा यसपटक दुई ठाउँबाट उडान गरिएको उनले जानकारी दिए ।

चितवन आउने पर्यटकको बसाइ लम्व्याउन यसले सहयोग पुग्ने सञ्चालक राउतले बताए । सामुन्द्रिक सतहबाट १ हजार ५० मिटर अग्लो स्थानबाट उडान गरिदै आएको छ ।

चितवनको चौकीडाँडा र कविलासबाट उडान हुने प्याराग्लाइडिङ तनहुँ देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए ।

प्याराग्लाडिङ उडानका लागि चौकीडाँडाबाट ८ हजार र कविलासबाट ४ हजार रुपैयाँ शुल्क तोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलास रिसोर्ट नजिकको स्थान नारायणगढ–मुग्लिन सडकबाट ३ किलोमिटरको दूरीमा छ ।

Share News