२५० रुपैयाँमा एनआईसी एशिया बैंकको ७ लाख कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यािपटलका अनुसार आज पुस ६ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

सेयर बिक्री प्रबन्धक एनआइएमबि एस क्यािपटलका अनुसार आज पुस ६ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ ।

इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले पुस २० गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

Share News