
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजना निर्माणको लागि विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) को आह्वान गरेको छ । प्राधिकरणले मंगलबार एक सूचनाको जारी गर्दै प्रवर्द्धकहरूलाई आयोजना पीपीएका लागि आह्वान गरेका हो ।
प्राधिकरणले प्रवर्द्धकहरूलाई आयोजनाको आवश्यक कागजात सहित निवेदनका साथ विद्युत व्यापार विभागमा सम्पर्क राख्न प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका अनुसार ३५ दिनभित्र विभागमा सम्पर्क गर्नुपर्ने छ ।
प्राधिकरणले नदी प्रवाही (आरओआर) ६ हजार ७५० मेगावाट र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत आयोजनाका ४ हजार पाँच सय मेगावाट नपुगेसम्म पीपीए गरिने प्राधिकरणले जानकारी दिएको छ ।
