प्रधानमन्त्री भन्छन्- तपाईंका कार्यकर्ता लड्छन्, हाम्रा नेता लड्छन्

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देश जोगाउनु र पार्टी जोगाउनु पूर्ण रूपमा फरक विषय भएको बताएका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

फेसबुक स्टाटसमा राजनीतिक दलहरूतर्फ संकेत गर्दै प्रधानमन्त्री शाहले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रा नेता लड्छन्, मानवताले आस गर्छन् । ’

अग्रपङ्क्तिका राजनीतिक शैली र जनअपेक्षाबारे टिप्पणी गर्दै उनले थप लेखेका छन्, ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ । ‘

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई अहिले सामाजिक सञ्जालमा निकै चासोका साथ हेरिएको छ ।

Share News