लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोज्ने एक  जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ । 

गोकर्णेश्वर नगरपालिका-३ गाम्चामा बिहीबार साँझ करिब साढे ६ बजे प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा ३१ वर्षीय सुजन तामाङमाथि गोली प्रहार गरिएको हो । 

सस्तोमा अमेरिकी डलर तथा सुन साटिदिने भन्दै सर्वसाधारणलाई ठगी र लुटपाट गर्दै आएका तामाङलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि नै धारिलो हतियार प्रहार गरेका थिए । 

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै तामाङको घुँडामुनि गोली प्रहार गरी उनलाई पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट तामाङ लामो समयदेखि डलर ठगी र लुटपाटका घटनामा संलग्न रहँदै आएको खुलेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News