मिश्रीले भेटे गगनलाई

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले कांग्रेस सभापति गगन थापासँग भेट वार्ता गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा नेपाल आएका मिश्रीले कात्तिक १९ मा कांग्रेस सभापति थापासँग भेटवार्ता गरेका हुन् । 

मिश्री र थापाबीच बिहीबार दिउँसो बत्तिसपुतलीस्थित द्वारिका होटलमा भेटवार्ता भएको हो । 

कांग्रेसको १५औं महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापाले भारतीय उच्च पदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेको मिस्रीसँग पहिलो हो । 

सभापति थापासँग भेट्नेअघि मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए । 

मिश्रीले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेसँग पनि भेटवार्ता गरेका थिए । विदेशी सचिव मिश्री आजै स्वदेश फर्किएका छन् । 
 

Share News