
काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन् । यसअघि अमेरिकामा भ्रमणमा रहेकाक उनी चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन पुगेका हुन् ।
उनलाई चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम् १९ औं एसियन गेम्स १०२३ का अध्यक्षले स्वागत गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आजै भेट हुने तय भएको छ । दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका छ ।