काठमाडौं । नेपालको लघुवित्तका संस्थापकका रुपमा परिचित स्वर्गीय डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ ।
डा.हरिहरदेव पन्त फाउन्डेसनद्धारा स्थापित उक्त पुरस्कार आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर बञ्जाडेलाई प्रदान गरिने भएको हो । डा. पन्तको आठौं वार्षिक पुण्यस्मृति दिवस भदौ २१ गते हो ।
विगत एक दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय बन्जाडेलाई ५० हजार नगद र सम्मानपत्र प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।
डा.पन्तले जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा ब्यतित गरेका थिए । डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट दिने गरिएको छ ।
यसअघि उक्त पुरस्कार गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा र बिजय राज खनालले पाएका थिए ।