हुण्डाईको ग्रान्ड आई १० निओस सार्वजनिक, शुरू मूल्य ३० लाख रपैयाँ

<p>काठमाडाैं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आई १० निओस मोडलको फेसलिफ्ट भर्सन भित्राएको छ । हुण्डाई ग्रान्ड आई १० निओसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । कम्पनीले ग्रान्ड आई १० निओस अझ बढी परिष्कृत, आरामदायी र नवीनतम फिचरले भरिएको कम्पनीले जनाएको छ । सुरक्षाको हिसाबले नयाँ [&hellip;]</p>

काठमाडाैं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्याचब्याक सेग्मेन्टमा ग्रान्ड आई १० निओस मोडलको फेसलिफ्ट भर्सन भित्राएको छ ।

हुण्डाई ग्रान्ड आई १० निओसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो । कम्पनीले ग्रान्ड आई १० निओस अझ बढी परिष्कृत, आरामदायी र नवीनतम फिचरले भरिएको कम्पनीले जनाएको छ ।

सुरक्षाको हिसाबले नयाँ ग्रान्ड आई १० निओस पहिलेभन्दा पनि बढी परिष्कृत र नवीनतम रहेको कम्पनीले बताएकाे छ । कम्पनीकाे अनुसार यो गाडी एडभान्सड हाईस्ट्रेन्थ स्टीलद्वारा तयार गरिएको छ ।

नयाँ ग्रान्ड आई १० निओसको प्रारम्भिक मूल्य २९.९६ लाख कायम गरिएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ ।

Share News