
काठमाडौं । जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ । जगदम्बा मोटर्स टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता हो ।
कम्पनीको अनुसार यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य ग्राहकहरुसँग भेटघाट र अन्तर्कृया गर्नु रहेको बताए । ‘नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ, हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ,’ उनले भने ।
यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौं, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका उनले जानकारी दिए ।
माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्ने कम्पनीले बताएको छ ।