भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता

<p>काठमाडौं । भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा लूब्रिकेन्ट्स पार्टनर गल्फ लुब्रिकेन्टको उत्साहजनक सहभागिता जनाएको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको नेपाल ल्युब आयलले दुगड ब्रदर्श एण्ड सन्स्द्धारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको हो । उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म [&hellip;]</p>

काठमाडौं । भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा लूब्रिकेन्ट्स पार्टनर गल्फ लुब्रिकेन्टको उत्साहजनक सहभागिता जनाएको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको नेपाल ल्युब आयलले दुगड ब्रदर्श एण्ड सन्स्द्धारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको हो ।

उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म काठमाडौँ उपत्यका भरीका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको थियो । दुगड ब्रदर्श एण्ड सन्स्द्धारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । गल्फ लूब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युव पार्टनर रहेको र उक्त दुवै स्कूटरहरुको इन्जनको निमित्त आवश्यक विश्वस्तरिय गूणस्तरको ल्युव उत्पादन गर्दै आईरहेको छ ।

सो क्याम्पमा सहभागी १८०० भन्दा धेरै ग्राहक मध्ये ६ भाग्यमानी ग्राहकलाई नेपाल ल्युव आयल (गल्फ लूब्रिकेन्ट्स) को तर्फबाट लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो। लक्की ड्र बाट निश्चल कार्की (भक्तपुर),  कृष्ण नगबशी (बनेपा),  राजेश प्रसाई (एकान्तकुना), शान्ति माया मगर (गहनापोखरी), अमीर मान भट्टाचार्य (झम्सिखेल), र  राजु गुरुङ (बालाजु) बिजेता भएका थिए ।

कम्पनीका अनुसार दूगड ब्रदर्श एण्ड सन्स्द्धारा संचालित यस क्याम्पमा सहभागिता जानउनूको मूख्य उद्धेश्य भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ र गल्फ लुब्रिकेन्ट्सको गूणवत्ता र उपादेयता सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

Share News