अग्नि ग्रुपको इलेक्ट्रिक थ्री–ह्विलर अटो किन्दा ४० हजारसम्म छुट

<p>काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो इलेक्ट्रिक अटो &#8216;ट्रियो र यारी&#8217; तीन नयाँ स्थानबाट बिक्री सुरु गरेको छ । कम्पनीले दमक, भैरहवा र नेपालगंजबाट ट्रियो इलेक्ट्रिक अटो र यारीको बिक्री सुरु गरेको हो । कम्पनीले यसै अवसरमा ३ नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रमा &#8216;नगद छुट र एक्सचेन्ज&#8217; मेलाको घोषणा समेत गरेको छ । यो [&hellip;]</p>

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो इलेक्ट्रिक अटो ‘ट्रियो र यारी’ तीन नयाँ स्थानबाट बिक्री सुरु गरेको छ । कम्पनीले दमक, भैरहवा र नेपालगंजबाट ट्रियो इलेक्ट्रिक अटो र यारीको बिक्री सुरु गरेको हो ।

कम्पनीले यसै अवसरमा ३ नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका १२ वटा केन्द्रमा ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणा समेत गरेको छ ।

यो छुट बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका सबै महिन्द्रा शोरुमहरुमा लागु हुने कम्पनीले जानकारी दिएको छ ।

यस अफर अन्तर्गत नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रिया र यारी’ खरिद गर्दा ग्राहकले ४० हजारसम्मको नगद छुट पाउनेछन् । कम्पनीको अनुसार यो योजना २०२३ को पूरै फेब्रुअरी महिना भरका लागि लागु हुनेछ ।

 

 

 

Share News