काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले विभिन्न कम्पनीका सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्तले देशभरिका विभिन्न स्थानमा रहेका १६ वटा मोटरसाईकल बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्रीमा राखिएको मोटरसाईकलको न्यूनतम मूल्य साढे १५ हजारदेखि ६७ हजार रुपैयाँसम्म रहेको छ ।
सन् २०१३ मा बनेको यमाहा एसएस १२५ मोडल को १७ प ७४३ नम्बरको मोटरसाईकल विर्तामोड कार्यालयमा बिक्रीमा राखेको हो । उक्त सवारीको न्यूनतम मूल्य ४१ हजार रुपैयाँ तोकिएको छ । यस्तै, यमाहा वाइबीआर १२५ मोडल को १० प ८७६३ नम्बरको मोटरसाईकलको न्यूनतम २९ हजार ८ सय रुपैयाँ तोकेको छ ।
यस्तै, सन् २०१३ मा बनेको होण्डा सुपर स्पेलेण्डर १२५ मोडल भे ४ प ४१७९ नम्बरको मोटरसाईकलको न्यूनतम २४ हजार ३ सय रुपैयाँ, सन् २०१४ मा बनेको होण्डा सीबी साइन १२५ मोडल को १७ प ६९८८ नम्बरको मोटरसाईकलको न्यूनतम ३४ हजार ५ सय रुपैयाँ, सन् २०११ मा बनेको यमाहा वाइबीआर १२५ मोडल को १० प ५६८४ नम्बरको मोटरसाईकलको न्यूनतम २७ हजार २ सय रुपैयाँ र सन् २०१२ मा बनेको होण्डा साइन १२५ मोडल लु १४ प ५८०६ नम्बरको मोटरसाईकलको न्यूनतम ३५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, सन् २०१५ मा बनेको होण्डा साइन १२५ मोडल लु २२ प २४४२ नम्बरको मोटरसाईकलको न्यूनतम ६७ हजार २ सय रुपैयाँ, सन् २०१० मा बनेको यमाहा वाइबीआर १२५ मोडल लु १० प ४५१३ नम्बरको मोटरसाईकलको न्यूनतम २६ हजार ५ सय रुपैयाँ र सन् २०१६ मा बनेको बजाज पल्सर १५० मोडल बा ७५ प ३७४३ नम्बरको मोटरसाईकलको न्यूनतम मूल्य ६० हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, सन् २०१२ मा बनेको यमाहा एसएस १२५ मोडल बा ५४ प १२७९ नम्बरको मोटरसाईकलको न्यूनतम ३७ हजार रुपैयाँ, सन् २०१४ मा बनेको यमाहा एसएस १२५ मोडल ग ९ प ४९५५ नम्बरको मोटरसाईकलको न्यूनतम ३६ हजार ५ सय रुपैयाँ, सन् २०१३ मा बनेको सुजुकी १५० मोडल बा ५९ प ३४४८ नम्बरको मोटरसाईकलको न्यूनतम ४८ हजार रुपैयाँ र सन् २०१३ मा बनेको होण्डा सीबी साइन १२५ मोडल ना २६ प ६९० नम्बरको मोटरसाईकलको न्यूनतम ३० हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, सन् २०१० मा बनेको यमाहा वाइबीआर १२५ मोडल ज ३ प ८३५१ नम्बरको मोटरसाईकलको न्यूनतम १५ हजार ५ सय रुपैयाँ, सन् २०१२ मा बनेको यमाहा वाइबीआर १२५ डीएक्स मोडल ज ५ प ७११३ नम्बरको मोटरसाईकलको न्यूनतम २८ हजा ५ सय रुपैयाँ र सन् २०१६ मा बनेको सुजुकी एसजेठ १५० मोडल ज ८ प ९१९५ नम्बरको मोटरसाईकलको न्यूनतम ४९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
लघुवित्तले उक्त मोटरसाईकल जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने जनाएको छ । उक्त मोटरसाईकलका लागि फागुन १० गते, ११ गते र १२ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।