एनओजी हेटौँडा च्याप्टर राइड सम्पन्न

<p>काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत माघ १४ गते शनिबार आयोजना भएको राइड हेटौँडा शोरुमबाट शुरु भएर मकवानपुर गढीसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइनुको साथै सहभागी राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान [&hellip;]</p>

काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौँडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत माघ १४ गते शनिबार आयोजना भएको राइड हेटौँडा शोरुमबाट शुरु भएर मकवानपुर गढीसम्म पुगेर समापन भएको थियो ।

उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइनुको साथै सहभागी राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको बारेमा जानकारी दिएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

Share News