काठमाडौं । ईभि नेपाल मोर्टर्सले नेपाल भित्र्याएकाे विद्युतीय गाडी वुलिङ्ग एयर मिनीको टेष्ट ड्राइभ सम्पन्न गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै वुलिङ्ग मिनी ईलेक्ट्रिक गाडीको आधिकारीक वितरक बज्र समुहले मिडिया टेष्ट ड्राइभ गराएको हो ।
कम मूल्यको सानो ईभी खोज्नेका लागि टार्गेट गर्दै कम्पनीले नेपालको शहरी क्षेत्रमा उपयुक्त हुने गरि ल्याएकाे यो गाडीले उत्कृष्ट पर्फमेन्स दिने पाइएको छ । सहरी क्षेत्रको सानो परिवारका लागि उपयुक्त यो गाडी इन्डोनेशियामा उत्पादन भएर नेपाल आएको हो ।
कम मुल्य,उत्कृष्ट पावर र कम्फर्टेबल रहेकै कारण सानो इभि खोज्नेका लागि उत्कृष्ट रहेको छ । यो गाडीको लम्बाई २९७२ एमएम,चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको छ ।
दुई मोटर र दुई ब्याट्री अप्सनमा रहेको यो गाडीले ३०० किलोमिटरसम्म माइलेज दिन्छ । कम्पनीका अनुसार ४ घण्टामै ब्याट्री फुल चार्ज गर्न सकिन्छ भने आठ बर्षे वारेन्टी समेत उपलब्ध गराएको छ ।
चार सिट अप्सनमा नेपाल भित्रिने गाडीमा विलिङ एआई फिचर,सुरक्षाको लागि एयर व्याग, एबीएस प्रणाली, रिभर्स पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरलगायतका विभिन्न बिशेषता रहेका छन् ।