पुस १० देखि १२ गतेसम्म टाटाको मेगा सर्भिस क्याम्प हुँदै, आकर्षक छुट पाइने

<p>काठमाडाैं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ गतेसम्म मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे हाे । कम्पनीकाे सेवा केन्द्र काठमाडाैंमा बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका छन् भने त्यसैगरी उपत्यका बाहिरका पोखरा, इटहरी, मेची, विरगंज, [&hellip;]</p>

काठमाडाैं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ गतेसम्म मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे हाे ।

कम्पनीकाे सेवा केन्द्र काठमाडाैंमा बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका छन् भने त्यसैगरी उपत्यका बाहिरका पोखरा, इटहरी, मेची, विरगंज, ढल्केबार, हेटौडा, धनगढी र नेपालगंजमा रहेका छन् ।

क्याम्पमा टाटाका गाडीहरु जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले साे अवसरमा म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश: १८, १५ र १८ प्रतिशत छुट दिनुकाे साथै टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि नि:शुल्क प्रदान गर्ने जनाएकाे छ ।

कम्पनीकाे अनुसार यसको अतिरिक्त क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ ।

 

Share News