लक्ष्मी ग्रुपले बालबालिकालाई स्टेशनरी र अन्य सामाग्री वितरण गरेर मनायो ४९ औं वार्षिकोत्सव

<p>काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । लक्ष्मी ग्रुपकाे ४९औं वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बालबालिकालाई सामग्री वितरण गरेको हाे । सेरेब्रल पल्सी सेन्टरको माग अनुसार कम्पनीले उक्त सामग्री वितरण गरेकाे हो । हुन्डाई नेपालले [&hellip;]</p>

काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ ।

लक्ष्मी ग्रुपकाे ४९औं वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बालबालिकालाई सामग्री वितरण गरेको हाे ।

सेरेब्रल पल्सी सेन्टरको माग अनुसार कम्पनीले उक्त सामग्री वितरण गरेकाे हो । हुन्डाई नेपालले लामाे समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । कम्पनीले मस्तिस्क घात भएका व्यक्तिहरुलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ ।

साथै, सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, ट्रेडिंग लगायत अन्य उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको समूह बनेको छ ।

 

Share News